अभिभावकका लागि
बारम्बार सोधिने प्रश्नहरू
जाँच, खोप, परीक्षण र बिरामी पोर्टलसम्बन्धी उत्तरहरू।
अपोइन्टमेन्ट लिनैपर्छ?
सिधै आउन पनि सकिन्छ, तर अनलाइन अपोइन्टमेन्ट लिँदा पर्खनुपर्ने समय कम हुन्छ। क्लिनिकले समय पक्का गर्छ र तपाईं यही वेबसाइटमा हेर्न सक्नुहुन्छ।
बच्चाको जाँचमा के लिएर आउने?
खोप कार्ड, पहिलेका प्रेस्क्रिप्सन र रिपोर्ट, र बच्चाले खाइरहेको औषधि।
यस क्लिनिकमा खोप लगाइन्छ?
लगाइँदैन। खोप सरकारी स्वास्थ्य चौकी र अस्पतालमा निःशुल्क लगाइन्छ। डाक्टरले खोप कार्ड हेरेर छुटेका वा थप खोपबारे सल्लाह दिनुहुन्छ।
डाक्टरले कति वर्षसम्मका बच्चा हेर्नुहुन्छ?
नवजात शिशुदेखि १८ वर्षसम्म।
बच्चाको ल्याब रिपोर्ट अनलाइन कसरी हेर्ने?
बिरामी पोर्टलमा पुर्जामा लेखिएको बिरामी नम्बर र PIN हालेर लगइन गर्नुहोस्।
आपतकालीन अवस्थामा के गर्ने?
बच्चालाई सास फेर्न गाह्रो भए, काम्न थाले वा धेरै लठ्ठिए तुरुन्त नजिकको अस्पतालको आपतकालीन कक्षमा जानुहोस् र क्लिनिकमा फोन गर्नुहोस्।
अझै प्रश्न छ?
क्लिनिकमा फोन वा सन्देश पठाउनुहोस्, हामी सहयोग गर्छौं।